विचार/ब्लग

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पु¥याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास



काठमाडौँ, १ माघ

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले थारू समुदायको माघी पर्व तथा मगर समुदायलगायत आ–आफ्नो ऐतिहासिक मान्यता र संस्कृतिअनुसार विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्तिको सुखद अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले यस पर्वले नेपालको आदिम समाज, मानव सभ्यताको ऐतिहासिक विकास प्रक्रिया र श्रम संस्कृतिप्रतिको सम्मानलाई उजागर गरेको पनि उल्लेख गर्नुभएको छ । उहाँले विविधताबीच एकता कायम गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । सन्देशमा भनिएको छ, “नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षको उपलब्धिका रुपमा रहेको हाम्रो संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको राष्ट्रिय एकतालाई आत्मसात् गरेको छ, हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ, यही विविधताले विश्वमा नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको छ ।”

प्रकाशित : २ माघ २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६