विचार/ब्लग

‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’



काठमाडौँ, १ माघ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले लोपोन्मुख भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित ‘हाङ यलम्बर स्मृति’ पुरस्कार वितरण समारोहमा प्रमुख शाहले कतिपय भाषाका लिपी हराइसकेका, कतिपय भाषा विलिन भइसकेका उल्लेख गर्दै यस्ता लोप हुन लागेका भाषा र लिपी खोजी गरी संरक्षणमा हातोमालो गर्न सबैलाई आह्वान गर्नुभयो । किरात राई यायाक्खाद्वारा किरात यलम्बरसम्वत ५०८६ को अवसरमा आयोजित पुरस्कार समारोहमा उहाँले प्रत्येक समुदायले आफ्नो कला, संस्कृति, मूल्यमान्यता र पहिचानसँग जोडिएका भाषा जोगाउँदै जानुपर्ने धारणा राख्नुभयो । देशभर विभिन्न जातजाति, समुदाय र सभ्यता रहेको उल्लेख गर्दै महानगरप्रमुख शाहले ती सबैको संरक्षण र सम्वर्द्धन गर्नु साझा दायित्व भएको बताउनुभयो । “हाम्रो भाषा, कला र संस्कृति जोगाउनु भनेको व्यक्तिगत मात्र नभइ सिङ्गो देशको पहिचान जोगाउनु हो”, उहाँले भन्नुभयो, “तपाईंले आफ्नो भाषा जोगाइरहनु भएको छ भने देशलाई पनि जोगाइरहनु भएको छ ।” प्रमुख शाहले नेपालका सबै कला र सम्पदालाई संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्दै जानुपर्ने आवश्यकता औँल्याउँदै एक सभ्यताले अर्को सभ्यताको सम्मान र संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो । आफू जुनसुकै सभ्यतामा रहे पनि अन्य संस्कृति र सभ्यताप्रति सम्मान र इज्जतको भावना हुनुपर्ने उहाँको भनाइ छ । “त्यसले गर्दा अरू मात्र होइन, हामी आफैँ सुरक्षित हुन्छौँ र सबै कला, संस्कृति, मूल्यमान्यताको संरक्षणमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

प्रकाशित : २ माघ २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६