बाणगंगा, कपिलवस्तु १, माघ
शिक्षासँगै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै रोट्र्याक्ट क्लब अफ बुटवल डाउनटाउनले बाणगंगा नगरपालिका–११ हथौसास्थित श्री हेमराज माध्यमिक विद्यालय, हथौसा, कपिलवस्तुमा अध्ययनरत १०१ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ।

क्लबको २४औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूको पठन पाठन यात्रालाई सहज बनाउने र जाडो मौसममा उनीहरूलाई सुरक्षित राख्ने उद्देश्यका साथ न्यानो कपडा प्रदान गरिएको हो। सहयोगले विद्यालय परिसरलाई खुसी र उत्साहले भरिएको बनाएको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री विष्णु प्रसाद पंथीले शिक्षा र सेवाको सहयात्रा नै समुन्नत समाज निर्माणको आधार भएको उल्लेख गर्दै यस्ता अभियानले बालबालिकाको आत्मविश्वास बढाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनु भयो । प्रदेश सभा सदस्य पंथीले यस मानवीय तथा प्रेरणादायी कार्यका लागि सहयोग पु¥याउनुहुने सम्पूर्ण दाताहरू, कार्यक्रमको सफल नेतृत्व गर्नुभएका रोट्र्याक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष आविष्कार खनाल तथा सम्पूर्ण क्लब परिवारप्रति आयोजक पक्षले हार्दिक धन्यवाद तथा २४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
न्यानो कपडासँगै न्यानो भावना बाँडिएको यस अभियानले “सेवामै शक्ति, शिक्षामै भविष्य” भन्ने सन्देशलाई व्यवहारमा उतारेको देखिएको छ।








प्रतिक्रिया