देश

सबै नेता, कार्यकर्तालाई समेटेर अगाडि बढ्छौँ : उपभासपति शर्मा



काठमाडौँ, २ माघ

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा भाग नलिएका सबै नेता कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताउनुभएको छ । विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित हुनुभएका शर्माले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिने निर्णय गरेसँगै केहीबेर अगाडि भिडियो सन्देश जारी गर्दै छुटेका नेता, कार्यकर्तालाई समेटेर जाने बताउनुभयो । नेपाली कांग्रेस अब नवीन ढङ्गले अगाडि बढ्ने उहाँको भनाइ थियो । उहाँले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई आत्मासात् गरेर पार्टीले अगाडि सारेको उदारवादी अर्थतन्त्रलाई आत्मसात् गरेर अघि बढ्ने उल्लेख गर्नुभयो । शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई एकपटक नबोलाई गरिएको निर्णय आफूहरूलाई मान्य नहुने बताउनुभयो । निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको उहाँको भनाइ छ । उहाँले कांग्रेसको संस्थापन पक्ष कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने बताउनुभयो ।

प्रकाशित : ३ माघ २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६