देश

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल



काठमाडौँ, ३ माघ

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ । मन्त्री अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीसँग आज आयोगको कार्यालय, बहादुर भवनमा छलफल गर्नुभएको हो । त्यस अवसरमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनको काम नियमित र तालिका भइरहेको जानकारी गराउनुभयो । उहाँले निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेका र अब निर्वाचन तयारीका हिसाबले करिब ८० प्रतिशतभन्दा बढी काम भएको बताउनुभयो । आयोगले यही माघ ११ गते राष्ट्रियसभाको पनि निर्वाचन गराउँदैछ । भण्डारीले निर्वाचन आचारसंहिता पालनालाई प्रभावकारी बनाउन सूक्ष्म अनुगमन गरिने जानकारी दिनुभयो । गृहमन्त्री अर्यालले मन्त्रालय र आयोगबीच दोहोरो समन्वय हुनुपर्ने विषय पहिचान गरी सहकार्य गरिने विश्वास दिलाउँदै सुरक्षा व्यवस्थापनमा सरकारका तर्फबाट पर्याप्त तयारी भएको बताउनुभयो । उहाँले निर्वाचन तयारी, मतदान प्रक्रिया र मतणनासम्मको एकीकृत सुरक्षा योजनाअनुसार सरकारले सुरक्षाको प्रत्याभूति गर्ने पनि स्पष्ट गर्नुभयो । आयोगका सचिब कृष्णबहादुर राउतले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकिएको र अब मतपत्र तथा निर्वाचन सामग्री सम्बन्धित कार्यालयमा पठाउने चरणमा रहेको जानकारी दिनुभयो । —

प्रकाशित : ४ माघ २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६