विचार/ब्लग

समावेशिताका आधारभूत मूल्य सुदृढ गर्न सोनाम ल्होसारले योगदान पु¥याउँछ संविधान सभा सदस्य चौधरी



कपिलवस्तु, ५ माघ

संविधान सभा सदस्य विश्राम प्रसाद चौधरीले नेपालको संविधानले अङ्गीकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यजस्ता आधारभूत मूल्य तथा मान्यताहरूलाई सोनाम ल्होसार पर्वले थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
नेपाली तामाङ समुदायसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायत आदिवासी जनजातिहरूले उल्लासपूर्वक मनाउने महान पर्व सोनाम ल्होसार २०८२ को अवसरमा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
आज जारी गर्नुभएको शुभकामना सन्देशमार्फत संविधान सभा सदस्य चौधरीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको छ।
उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरेको हाम्रो देशलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई बलियो बनाउने सामथ्र्य नेपाली पर्वहरूमा निहित रहेको उल्लेख गर्नुभएको छ।
शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “यस पर्वले नयाँ वर्षको आगमनसँगै हाम्रो मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई पुनः स्मरण गराउँदै पुस्तादेखि पुस्तासम्म निरन्तरता दिने अमूल्य अवसर प्रदान गर्दछ। परम्परागत अभ्यासहरूले सामाजिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउँछन्।”

प्रकाशित : ६ माघ २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६