कपिलवस्तु ५ माघ
जेसीआई कपिलवस्तुको वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार सम्पन्न जेसीआई कपिलवस्तु जेसिज वर्ष २०२६ को सञ्चालक समितिको पदाधिकारीका लागि सम्पन्न २६औँ शाखा अधिवेशनबाट नयाँ पदाधिकारीहरू निर्विरोध चयन भएका हुन् । अधिवेशनबाट जेसी मिन बहादुर थापा अध्यक्ष पदमा चयन भएका छन् । त्यसैगरी कार्यकारिणी उपाध्यक्ष पदमा जेसी खिमानन्द घिमिरे र जेसी सुशील घिमिरे चयन भएका छन् । उपाध्यक्ष पदमा जेसी प्रविन बस्याल, जेसी ठाकुर पोखरेल, जेसी पदम बहादुर बेलबासे र जेसी गणेश पोखरेल निर्विरोध चयन भएका छन् ।नवनिर्वाचित सबै पदाधिकारीहरू निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन प्रक्रिया निर्वाचन आयुक्त जेसी गुरुदेव पोखरेलको संयोजनमा सम्पन्न भएको थियो भने मनोनयन अधिकृतकोभूमिका जेसी प्रविन पौडेलले निर्वाह गरेका थिए । जेसीआई कपिलवस्तु जेसीजले युवा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सामुदायिक सेवामा निरन्तर योगदान दिँदै आएको छ ।
नवनिर्वाचित नेतृत्वले संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ । कलिवस्तु जेसिज २५ बर्षको इतिहास बोकेको यस क्षेत्रको एक प्रभावकारी सस्थाको रुपमा स्थापित
रहेको छ ।
६ माघ २०८२, सोमबार








प्रतिक्रिया