ब्रेकिंग न्युज

रास्वपाले मनाङमा दिएन उम्मेदवारी, उम्मेदवारको मोबाइल स्विच अफ



पोखरा,माघ ६–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मनाङमा उम्मेदवारी दिएन । प्रमुख निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार मंगलबार हालसम्म ५ जनाले मात्रै मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको समय सकिएको छ । ‘समय सकियो । हालसम्म ५ जनाले मात्रै मनोनयन दर्ता गराउनुभएको छ,’ उनले भने ।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट निवर्तमान सांसद टेकबहादुर गुरुङले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेबाट पोल्देन छोपाङ गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट यशोदा गुरुङ सुवेदीले उम्मेदवारी दर्ता गराएकी छिन् । यशोदा पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएकी हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कुविरसिंह गुरुङ र मंगोल नेशनल अर्गानाइजेशनबाट रामबहादुर घलेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनाङमा मुख्य गरी नेपाली कांग्रेस र नेकपा एमालेबिच प्रतिस्पर्धा हुने देखिएको छ । एमाले उम्मेदवार पोल्देन यसअघि २०७९ को निर्वाचनमा कांग्रेसका टेकबहादुर गुरुङसँगै पराजित भएका थिए । यस पटक पनि यी दुई चिरपरिचित प्रतिद्वन्द्वीबिच नै मुख्य भिडन्त हुने आकलन गरिएको छ ।
रास्वपा गण्डकीका महामन्त्री नवीन त्रिपाठीका अनुसार अनिल गुरुङलाई टिकट दिइएको थियो । ‘उहाँलाई टिकट दिइएको हो, तर अहिले उहाँको मोबाइल स्विच अफ छ,’ उनले भने, ‘साथीहरूसँग बुझ्न जाँदै हुनुहुन्छ भन्ने सुनेको छु ।’

प्रकाशित : ७ माघ २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६