ब्रेकिंग न्युज

चुनावका लागि भारतले नेपाललाई दियो ६१ ओटा गाडी उपहार



काठमाडौँ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ ओटा गाडी उपहार दिएको छ ।
मंगलबार सिंहदरबारस्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ ओटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको हो ।
गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो ।
उक्त प्रस्तावअन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरुप पहिलो चरणमा ६१ ओटा गाडी उपलब्ध गराएको हो ।
यस पटकको निर्वाचनको लागि भारत सरकारले सानाठूला गरी पाँच सय ३८ ओटा गाडी उपलब्ध गराउने बताइएको छ ।

गाडीहरू नेपाल सरकारको नाममा आएकाले निर्वाचन सकिएपछि सरकारले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न पाउने छ ।

भारत सरकारले निर्वाचन सम्पन्न गर्नको लागि नेपाल सरकारलाई सवारीलगायतका निर्वाचन उपकरण सहयोग गर्दै आइरहेको छ ।

सन् २००८ यता मात्र भारत सरकारले नेपाल सरकालाई दुई हजार चार सय बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित : ७ माघ २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६