कपिलवस्तु ६ माघ
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा दल र स्वतन्त्र गरी कुल ३४ जनाको उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा २० राजनीतिक दलका तर्फबाट र १४ जना स्वतन्त्र उम्मेदवारले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारीको संख्या बढेसँगै यस क्षेत्रमा चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।




यस्तै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा १७ राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार गरी कुल २८ जनाको उम्मेदवारी परेको छ।


निर्वाचन क्षेत्र नम्बर ३ मा भने उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ। साँझ ७ बजेसम्म दलका तर्फबाट ११ जना र स्वतन्त्र तर्फबाट १० जनाको नाम दर्ता भइसकेको निर्वाचन अधिकृत कुबेर पाण्डेयले जानकारी दिनुभयो। उहाँका अनुसार अझै पनि उम्मेदवारी नाम इन्ट्रीको प्रक्रिया जारी रहेको छ।

जिल्लाका तीनै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी संख्या उल्लेख्य देखिएकोले यसपटकको निर्वाचनमा राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।


उम्मेदवारी दर्ता सकिएपछि अन्तिम नामावली प्रकाशन, दाबी–विरोध र चुनावी गतिविधि थप सक्रिय हुने निर्वाचन कार्यालयले जनाएको छ।








प्रतिक्रिया