देश

विकासका विषय लिएर उम्मेदवार चुनावी मैदानमा



कञ्चनपुर, ७ माघ

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै चुनावी गतिविधि पनि बढ्न थालेका छन् । मनोनयनपछि मुख्य राजनीतिक दलका उम्मेदवारहरू विकास, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र रोजगारीलाई केन्द्रमा राखेर मतदातामाझ पुग्न थालेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले आ–आफ्ना राजनीतिक दृष्टिकोणसहित पूर्वाधार विकास, सुकुम्बासी समस्या समाधान, बेरोजगारी न्यूनीकरण र राष्ट्रिय हितका विषयलाई प्रमुख चुनावी विषय बनाएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टीकी नेत्री बिना मगर मनोनयन दर्ता गराउनुभएको छभने क्षेत्र नं २ मा नेपाली कांग्रेसका नेता एनपी साउद र स नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद पन्तबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित : ८ माघ २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६