अन्तर्राष्ट्रिय

वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड



काठमाडौँ, ८ माघ

समाजको आर्थिक पक्षमा मात्रै नभई सामाजिक पक्षमा समेत महत्त्वपुर्ण योगदान पु¥याँउदै आएको वैदेशिक रोजगार क्षेत्रप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आज यहाँ आयोजना गरेको “वैदेशिक रोजगारको भाष्य विनिर्माण” कार्यक्रमका वक्ताहरुले वैदेशिक रोजगारको सकारात्मक पक्षबारे आफ्ना धारणा राखेका थिए । उक्त कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मीलगायतको उपस्थिति थियो । कार्यक्रममा सञ्जालका अध्यक्ष अधिवक्ता कृष्णप्रसाद न्यौपानेले आप्रवासनमा जानेहरुलाई मानवीय दृष्टिले हेरिनु पर्ने बताउनुभयो । विदेश जानु कुनै अपराध नभएकाले त्यहाँबाट प्राप्त सीप र ज्ञानको सही सदुपयोग गर्नेतर्फ राज्यले सोच्नुपर्ने उहाँको भनाइ थियो । पत्रकार बबिता बस्नेतले वैदेशिक रोजगारका विषयमा मिडियाको दृष्टिकोणबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको कार्यपत्रमा वैदेशिक रोजगारका विषयमा प्रायः नकारात्मक समाचारलाई प्राथमिकता दिइने गरिएको र सकारात्मक विषयहरु उठान गर्न चुकेको निस्कर्ष थियो । पौरखी नेपालका अध्यक्ष सत्राकुमारी गुरुङले विदेशबाट फर्किएपछि समाजमा आफूले सुरुका दिनमा भोगेको मनोवैज्ञानिक विभेद सुनाउनुभएको थियो । उहाँले वैदेशिक रोजगारमा जाने महिलाहरुलाई समाजले अझै पनि सकारात्मक रुपले नहेर्ने गरेको बताउँदै यही मनोविज्ञानलाई चिर्न पनि संस्थामा आबद्ध भइ अभियान चलाएको प्रष्ट पार्नुभयो । वैदेशिक रोजगारलाई सुरक्षित मर्यादित र मानव अधिकार सम्पन्न बनाउनुपर्नेमा उहाँको जोड थियो ।

प्रकाशित : ९ माघ २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६