ब्रेकिंग न्युज

राससलाई सघाउने लहान नगरपालिकाको प्रतिबद्धता



सिरहा, १० माघ

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले राष्ट्रिय समाचार समिति (रासस) सँग सहकार्य गर्न नगरपालिका तत्पर रहेको बताउँदै देशको एकमात्र आधिकारिक समाचार समितिको उन्नयनका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासँग आज लहानस्थित रासस कार्यालयमा भएको भेटमा नगरप्रमुख चौधरीले राससको जीर्ण भवनको स्तरोन्नतिका निम्ति बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले समाचार सम्प्रेषणमा राससले निर्वाह गरेको भूमिकाको सराहना गर्दै राससजस्ता राज्यका निकायहरूको संरक्षण र विकासमा नगरपालिकाले हरसम्भव सहयोग गर्दै आएको बताउनुभयो । कार्यकारी अध्यक्ष झाले रासस राज्यको साझा सम्पत्ति भएकाले यसको संरक्षण र विकासमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्दै नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरी राससको लहान कार्यालयको पर्खाल निर्माणका साथै भवनको स्तरोन्नति गरिदिएकामा नगरप्रमुख चौधरीप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । साथै उहाँले स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न रासस तयार छ भन्नुुभयो । कार्यकारी अध्यक्ष झाले भन्नुभयो,“रासस कसैको व्यक्तिगत सम्पत्ति होइन, यो राज्यको साझा सम्पत्ति हो । यसले सदैव राष्ट्रिय हितलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्दै आएको छ । त्यसैले देशभरका सीमित स्थानमा रहेका राससका कार्यालयहरूको संरक्षण गर्नु स्थानीय सरकारको पनि दायित्व हो ।”

प्रकाशित : ११ माघ २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६