अर्थ-वाणिज्य

उद्योग व्यापार संघ कपिलवस्तुको नयाँ नेतृत्व चयन

टोपनारायण बेल्वासेको अध्यक्षतामा नयाँ कार्य समिति



कपिलवस्तु ११ माघ

उद्योग व्यापार संघ कपिलवस्तुको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले उद्योगी एवं व्यवसायी टोपनारायण बेल्वासेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिलाई सहभागी उद्योगी तथा व्यवसायीहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। कार्यक्रममा बोल्ने वक्ताहरूले नयाँ समितिले उद्योगी–व्यवसायीका समस्या, चुनौती र अधिकार संरक्षणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

अधिवेशनमार्फत चयन भएको नयाँ नेतृत्वले स्थानीय उद्योग, व्यापार प्रवर्द्धन, व्यवसायिक वातावरण सुदृढीकरण तथा व्यवसायीहरूका व्यावहारिक समस्या समाधानमा समन्वयात्मक र परिणाममुखी पहल गर्ने प्रतिबद्धता जनाएको छ।

उद्योग व्यापार संघ कपिलवस्तुले आगामी दिनमा निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य बढाउँदै समग्र आर्थिक विकासमा योगदान पुर्‍याउने नव निर्वाचिन अध्यक्ष टोपनारायण बेल्बासेले प्रतिवद्धता जनाउनु भयो ।

प्रकाशित : १२ माघ २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६