जीवनशैली

‘सम्मुन्नत कपिलवस्तु, मेरो जिम्मेवारी’युवासँग संवाद गर्दै चुनावी मैदानमा आशीष शर्मा



बाणगंगा १२ माघ

कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार आशीष शर्मा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। ‘सम्मुन्नत कपिलवस्तु, मेरो जिम्मेवारी’ भन्ने नारासहित जीप चुनाव चिन्ह लिएर मैदानमा होमिएका शर्माले शनिबार बाणगंगाको बैरिया स्थित मायादेवी रिसोर्टमा युवाहरूसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कपिलवस्तुको विकासमा युवाको भूमिका निर्णायक हुने उल्लेख गरे। उनले भने, “अबको समय युवाको हो। पटक–पटक चुनाव जितेर मन्त्री बनेका नेताहरूले कपिलवस्तुको अपेक्षित विकास गर्न सकेनन्। यसपटक मलाई अवसर दिनुहोस्, कपिलवस्तुको काचुली फेर्ने काम म गर्नेछु।”
कृषि, शिक्षा र रोजगारी प्रमुख एजेन्डा
शर्माले कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी तथा पर्यटन प्रवद्र्धनलाई आफ्नो मुख्य चुनावी एजेन्डाका रूपमा अघि सारेका छन्। यी क्षेत्रको सुधारमार्फत कपिलवस्तुलाई समृद्धिको बाटोमा अघि बढाउने उनको प्रतिबद्धता रहेको उनले बताए।
“यी क्षेत्रमा सुधार ल्याउन अरूबाट सम्भव नभएका काम म गरेर देखाउँछु,” शर्माले दृढता व्यक्त गरे।
युवा परिचालन समिति गठन
युवाहरूलाई संगठित गर्दै चुनावी अभियानलाई प्रभावकारी बनाउन बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाणको संयोजकत्वमा ११ सदस्यीय युवा परिचालन समिति गठन गरिएको छ। समितिले बाणगंगा सहित निर्वाचन क्षेत्रभर युवालाई सक्रिय बनाउँदै अभियानलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।
युवामा नयाँ नेतृत्वप्रति भरोसा
कार्यक्रममा सहभागी युवाहरूले पुराना नेतृत्वबाट अपेक्षित विकास हुन नसकेपछि अब नयाँ सोच, नयाँ ऊर्जा र स्पष्ट प्रतिबद्धता भएको नेतृत्वलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरे। रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र पर्यटन प्रवद्र्धन कपिलवस्तुको भविष्यका मुख्य आधार हुने उनीहरूको भनाइ थियो।
युवाहरूलाई सम्बोधन गर्दै शर्माले थपे, “हामीले अब अवसर गुमाउनु हुँदैन। कपिलवस्तुमा वास्तविक परिवर्तन ल्याउने जिम्मेवारी हाम्रो पुस्ताकै हो।”
चुनावी माहोल थप चञ्चल
कपिलवस्तुमा युवाको बढ्दो सक्रियता र स्वतन्त्र उम्मेदवार आशीष शर्माको प्रतिबद्धताले चुनावी माहोल थप चञ्चल बन्दै गएको छ। स्थानीय स्तरमा देखिएको उत्साहले आगामी दिनमा निर्वाचन प्रतिस्पर्धा अझ रोचक हुने अनुमान गरिएको छ।

प्रकाशित : १३ माघ २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६