कपिलवस्तु , बाणगंगा १२ माघ
नेपाली कांग्रेसले मुलुकमा परिवर्तनको स्पष्ट खाका र दृढ संकल्पसहित अघि बढिरहेको सन्दर्भमा अब नेतृत्व र विश्वास दुवैको परीक्षा निर्वाचनबाट हुने भएको छ। देश बदल्ने नेतृत्वका रूपमा गगन थापालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएको वर्तमान अवस्थामा, उक्त लक्ष्य पूरा गर्न कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ को भूमिका निर्णायक रहने देखिन्छ।
कपिलवस्तु–१ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अतहर कमाल मुसलमान परिवर्तन, समावेशिता र जनउत्तरदायी राजनीतिका प्रतीकका रूपमा उभिनु भएको छ। एक जुझारु, कर्मठ र जनतामैत्री नेताका रूपमा परिचित अतहर कमालले क्षेत्रको विकास, सामाजिक सद्भाव र युवाको भविष्यप्रति स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै आउनु भएको छ।
नेपाली कांग्रेसका कार्यकर्ता तथा समर्थकहरूका अनुसार, “देश बदल्न गगन थापा, क्षेत्र बदल्न रुख—अतहर कमाल” भन्ने नारा केवल चुनावी शब्द होइन, यो परिवर्तन प्रतिको सामूहिक प्रतिबद्धता हो। प्रत्यक्षतर्फ मात्र होइन, समानुपातिक तर्फ पनि रुख चुनाव चिन्ह नै कांग्रेसजनका लागि आशा, भरोसा र विश्वासको केन्द्र बनेको नेपाली कांग्रेस समर्थकको प्रतिक्रिया रहेको छ।
यदि नेपाली जनताले गगन थापालाई प्रधानमन्त्रीको रूपमा देख्न चाहन्छन् भने, त्यसको आधार बलियो बनाउन कपिलवस्तु–१ बाट रुख चुनाव चिन्हको जित अनिवार्य रहेको कांग्रेसजनको बुझाइ छ। यही कारणले सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा सचेत मतदाताहरूलाई एकताबद्ध भई रुख चुनाव चिन्हमा मतदान गर्न हार्दिक आह्वान गरेको छ ।
परिवर्तनको यात्रामा कपिलवस्तु–१ बाट अतहर कमाल मुसलमानको जितले मात्र क्षेत्र होइन, सिंगो देशमा सकारात्मक सन्देश जाने विश्वास लिइएको नेपाली कांग्रेसका कार्यकर्ताको प्रतिक्रिया रहेको छ ।








प्रतिक्रिया