बाणगंगा, कपिलवस्तु १७ माघ
संघीय खानेपानी तथा ढल निकास कार्यालयको पहलमा बाणगंगा नगरपालिका वडा नम्बर २ स्थित पिपरा हाटबजार क्षेत्रमा नवनिर्माण सम्पन्न स्मार्ट शौचालयको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी आजदेखि औपचारिक रूपमा बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वडा नम्बर २ नन्दनगरलाई हस्तान्तरण गरिएको छ ।

बाणगंगा नगरपालिकाले उक्त स्मार्ट शौचालयको सञ्चालन तथा व्यवस्थापनको अधिकार प्रदान गर्दै आजै आयोजित कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विश्वबहादुर कार्कीलाई जिम्मेवारी सम्बन्धी प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । प्रमाणपत्र हस्तान्तरणसँगै संस्थाले स्मार्ट शौचालयको नियमित सञ्चालन, सरसफाइ तथा व्यवस्थापनको जिम्मेवारी पाएको हो ।

स्मार्ट शौचालय निर्माणका लागि आवश्यक जग्गा पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको हो भने बजेट व्यवस्थापन तथा योजना स्वीकृतिको मुख्य पहल बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गरेको अध्यक्ष विश्वबहादुर कार्कीले स्पष्ट बताउनु भयो । संघीय खानेपानी तथा ढल निकास आयोजना मार्फत निर्माण कार्य सम्पन्न भएको उक्त स्मार्ट शौचालय स्थानीय नागरिक, बजार क्षेत्रका व्यवसायी तथा यात्रुहरूका लागि महत्वपूर्ण सार्वजनिक सुविधा बन्ने अपेक्षा गरिएको नगर प्रमुख चक्रपाणी अर्यालले धारणा राख्नु भयो ।
नगरपालिकाले यस अवसरमा निर्माण कम्पनी, संघीय खानेपानी तथा ढल निकास आयोजना तथा निर्माण प्रक्रियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सम्पूर्ण संघ–संस्था, उपभोक्ता समिति र व्यक्तिहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
स्मार्ट शौचालयको प्रभावकारी सञ्चालनले सार्वजनिक सरसफाइ प्रवद्र्धन गर्दै नगरको सौन्दर्य र स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताउनु भयो ।








प्रतिक्रिया