ब्रेकिंग न्युज

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋण मुक्त



म्याग्दी, १२ फागुन

जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योती मण्डल माध्यामिक विद्यालयलाई दाताहरुले आर्थिक सहयोग गरेर ऋण मुक्त बनाएका छन् । निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवन लगायतका पूर्वाधार निर्माणका लागि विद्यालयले प्रधानाध्यापक मेखबहादुर खत्रीको घरजग्गा सहकारीमा धितो राखेर ऋण लिएको थियो । पूर्व शिक्षक, ब्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा बाँसखर्कका पूर्व प्रधानपञ्च लालबहादुर पुनका नातिनीहरुले सहकारीको ऋण तिरेर विद्याललाई ऋण मुक्त बनाएका हुन् । पुन परिवारले सहकारीमा रहेको रु. नौ लाख २९ हजार ऋण तिरेर धितो राखेको जग्गाधनी प्रमाणपत्र फिर्ता गराएको प्रअ खत्रीले जानकारी दिनुभयो । लालबहादुरका नातिनी जुवाई कमलबहादुर पुर्जा, नातिनीहरु पार्वति, राधा, सिता, शान्ति र पनती पवनको तर्फबाट विद्यालयलाई सहयोग प्राप्त भएको हो । सहयोगदाताहरुलाई सोमबार बाँसखर्कमा विद्यालयले कार्यक्रम सहित सम्मान गरेको थियो । विद्यालयले धितो रहेको प्रअ खत्रीको जग्गाधनी प्रमाणपत्र फिर्ता गरेको थियो । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा ९४ जना विद्यार्थीहरु रहेका छन् । –––

प्रकाशित : १२ फाल्गुन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६