ब्रेकिंग न्युज

चलचित्र क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण आवश्यक छ : मन्त्री सिन्हा



काठमाडौँ, १३ फागुन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाली चलचित्र क्षेत्रको विकासका लागि आधुनिक नीति, प्रविधि र लगानीमैत्री वातावरण आवश्यक रहेको बताउनुभएको छ । सेलिब्रेटी नेपाल फाउन्डेसनद्वारा आज आयोजित ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ कार्यक्रममा उहाँले यस क्षेत्रको व्यवसायीकरण तथा विकासले रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण र आर्थिक वृद्धिमा ठूलो योगदान पुर्‍याउने बताउनुभयो । गुणस्तरीय फिल्म, नीतिगत सुधार, पूर्वाधार विकासले नै चलचित्र उद्योगलाई व्यावसायिक र आत्मनिर्भर बनाउन सकिने बताउँदै मन्त्री सिन्हाले यस क्षेत्रमा रहेका विकृतिहरूको अन्तः गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय बजारसम्म पु¥याउने र दर्शकहरूलाई हलसम्म ल्याउने वातावरण चलचित्र व्यावसायीले बनाउनुपर्ने उल्लेख गर्नुभयो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको बृहत्तर विकासका लागि समयसापेक्ष नयाँ नीति र कानुनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । संयोजक सुरज पौडेलले यस क्षेत्रको विकासका लागि प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । सो अवसरमा चलचित्र पत्रकार कृष्ण भट्टराईलाई ‘पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिएको थियो ।

प्रकाशित : १३ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६