ब्रेकिंग न्युज

नेकपा पहिलो दल बन्छ : संयोजक दाहाल



काठमाडौँ, १३ फागुन

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दल पहिलो हुने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज वाम बुद्धिजीवीसँगको छलफलमा उहाँले ६५ देखि ७० सिटसम्म प्रत्यक्षमै निर्वाचित हुने एक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभएको हो । निर्वाचनको मितिसम्म पुग्दा नेकपाले अझै बढी मेहनत गरेमा नतिजा झनै राम्रो आउनसक्ने सम्भावना रहेको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले पार्टीका चुनावी कार्यक्रम जनतालाई बुझाउन जरुरी रहेको उल्लेख गर्नुभयो । पार्टीका पक्षमा जनमत सिर्जना गर्न बुद्धिजीवीहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले प्रतिबद्धतापत्र हरेक वडामा पु¥याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “अब निष्पक्ष निर्वाचन हुने हो भने परिणाम राम्रै हुने देखिन्छ ।”

प्रकाशित : १३ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६