ब्रेकिंग न्युज

सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनका ३३ उजुरी



किमाथाङ्का (सङ्खुवासभा), १५ फागुन

आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् । निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसारका गतिविधि तीव्र बन्दै गएको अवस्थामा आचारसंहिताको पालना गराउन प्रशासनले निगरानी बढाएको जनाएको छ । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका ३३ उजुरी परेका छन् । कार्यालयमा परेका उजुरीमध्ये अधिकांश मौखिक उजुरीसम्बन्धी मौखिक उजुरी बढ्दै गएका छन् । निर्वाचन आचारसंहिता अनुगमन समितिले मौखिक रूपमा आएका आचारसंहिता उल्लङ्घनका उजुरी तत्काल समाधान गर्दै आएको छ । जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका हालसम्म ३३ उजुरी परेको आचारसंहिता अनुगमन संयोजक चिरञ्जीवी अधिकारीले बताउनुभयो । आचारसंहिता उल्लङ्घनका २१ वटा मौखिक उजुरी, छवटा लिखित उजुरी परेका छन् । त्यस्तैगरी छवटा पार्टी तथा उम्मेदवारविरुद्ध आचारसंहिता उल्लङ्घनका उजुरी परेको आचारसंहिता अनुगमन संयोजक अधिकारीले बताउनुभयो । जिल्लाका छवटा पार्टी तथा उम्मेदवारले आचारसंहिताविपरीत टोपी, टिसर्ट, ब्यानर र मोटरसाइकल र्याली गरेको उजुरी परेको हो । आचारसंहिता उल्लङ्घन गर्ने पार्टी तथा उम्मेदवारको नाम भने खुलाइएको छैन । लिखित उजुरीका आधारमा सम्बन्धित पार्टी तथा उम्मेदवार तथा दललाई लिखित तथा मौखिक स्पष्टीकरण मागिएको छ । कार्यालयले सबै दल तथा उम्मेदवारलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रहसमेत गरेको छ । लिखित उजुरी परेका विषयमा औपचारिक रूपमा स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाइएको छ । यस्ता उजुरीका सम्बन्धमा प्रारम्भिक छानबिन गरी आवश्यक निर्देशन तथा सचेत गराउने काम भइरहेको आचारसंहिता अनुगमन संयोजक अधिकारीले बताउनुभयो । लिखित उजुरी परेका विषयमा औपचारिक प्रक्रिया अपनाइने र मौखिक उजुरीका हकमा प्रारम्भिक तहमा छलफल तथा सचेत गराउने अभ्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एकमात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता रहेका छन् । जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा देखिएका छन् ।

प्रकाशित : १५ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६