ब्रेकिंग न्युज

मधेशको समृद्धिसंगै देशको प्रगति विश्राम प्रसाद थारु



कपिलवस्तु, १५ फाल्गुण

प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत कपिलवस्तु क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेद्वार विश्राम प्रसाद थारु (चौधरी) ले शुद्धोधन र मायादेवी गाउँपालिकाका चाकलचौडा, रंगपुर, हरनामपुर लगायतका विभिन्न गाउँ बस्तीमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ।


घरदैलोका क्रममा उहाँले जनताका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुका साथै दीर्घकालीन समाधानका लागि आफूले स्पष्ट योजना सहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उम्मेदवार चौधरीले मधेशको समृद्धिसंगै देशको प्रगति संभव रहेको धारणा राख्नु भयो ।

चौधरीले “रोजगाई श्रृजनाका निम्ति आधारभुत आवश्यकताहरु पुरा गर्ने बताउदै मुख्य मुख्य सडकको स्तर उन्नती, जगदिशपुर जलाशयबाट सिँचाइ विस्तार, कृषि एम्बुलेन्स सेवा, स्वास्थ्य र शिक्षामा सुधार हाम्रो प्राथमिकता हो,” उहाँले बताउनुभयो।
उम्मेद्वार थारुले मधेशमा देखिएका बाल विवाह, कुपोषण , जातिय विभेद जस्ता विषयमा आफुले नीतिगत प्रयत्न गर्ने बताउनु भयो । उम्मेद्वार चौधरीले
“सिपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माण गर्ने मूल उद्घोषसहित युवालाई स्वदेशमै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, साना तथा लघुउद्यम प्रवद्र्धन र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिवद्धता दोहो¥याउनुभयो। उहाँले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान, सुरक्षित आवास, स्वच्छ खानेपानी र आधारभूत सेवाको विस्तारमा विशेष पहल गर्ने उल्लेख गर्नुभयो।
शुद्धोधन र मायादेवी गाउँपालिकाका स्थानीयवासीहरूले सडक स्तरोन्नति, सिँचाइ व्यवस्थापन, स्वास्थ्य सेवा पहुँच र रोजगारी सिर्जनालाई प्रमुख चासोको विषयका रूपमा उठाएका थिए। त्यसको जवाफमा उम्मेद्वार थारुले संविधान र कानुनको दायराभित्र रहेर पारदर्शी, उत्तरदायी र जनमुखी ढंगले काम गर्ने विश्वास दिलाउनुभयो।
घरदैलो कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री बलराम अधिकारी, लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथी, स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा खिचिएका तस्वीरहरूमा उम्मेदवार थारु घरघरमा पुगेर ज्येष्ठ नागरिक, महिला तथा युवाहरूसँग अन्तरक्रिया गर्दै देखिन्छन्।
उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी विजयी गराउन मतदाता समक्ष अपिल गर्नुभएको छ।

प्रकाशित : १५ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६