देश

मध्यपूर्वमा युद्ध फैलियो– अमेरिकी सैन्य अखडामा इरानको सघन प्रत्याक्रमण



तेहरान ।
अमेरिका–इजरायल आक्रमणपछि इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै प्रतिआक्रमण गरेको पुष्टि गरेको छ । अलजजिराका अनुसार इरानले खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिलाई सीधा निशाना बनाएको जनाएको हो ।

मध्यपूर्वका विभिन्न देशमा अमेरिकाले सैन्य अखडा राखेको छ । इरानले ती अखडालाई निशाना बनाएर आक्रमण गर्दा खाडीमा रहेका लाखौं नेपालीसमेत जोखिममा परेका छन् । सबैभन्दा असर दुबई,कतार र बहराइनमा देखिएको छ ।

इरानको सरकारी वक्तव्यअनुसार अमेरिका आफ्नो भूभाग र नेतृत्व संरचनामाथि भएको आक्रमणमा प्रत्यक्ष संलग्न रहेको निष्कर्षपछि क्षेत्रभर रहेका अमेरिकी सैन्य अखडालाई लक्ष गरिएको हो ।

प्रतिआक्रमण विशेषगरी अमेरिकी सैन्य संरचना रहेका खाडी अरब राष्ट्रहरू—कतार, बहराइन, कुवेत तथा यूएईस्थित अड्डाहरूतर्फ केन्द्रित गरिएको बताइएको छ । ती देशहरूमा अमेरिकी वायुसेना, नौसैनिक र मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ छन्।

स्थानीय सञ्चारमाध्यमहरूले केही क्षेत्रमा विस्फोटका आवाज सुनिएको तथा हवाई सुरक्षा प्रणाली सक्रिय पारिएको उल्लेख गरेका छन् । यद्यपि क्षतिको पूर्ण विवरण सार्वजनिक भइसकेको छैन ।

खाडी क्षेत्रका सरकारहरूले आपतकालीन सुरक्षा सतर्कता बढाएका छन् भने युएइइलगायत केही देशहरूले आफ्नो हवाई क्षेत्र आंशिक रूपमा बन्द गरेका छन् । नागरिकलाई अनावश्यक आवागमन नगर्न समेत आग्रह गरिएको छ ।

प्रकाशित : १६ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६