ब्रेकिंग न्युज

टोल टोलमा पुगेर जनताको गुनासो सुन्दै उम्मेद्वार कुँवर



कपिलवस्तु २० माघ

कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा अब चुनावी बहस शब्दको होइन, काम र प्रतिबद्धताको बनेको छ। यही भरोसाको केन्द्रमा उभिएका छन्— नेपाली कम्युनिष्ट पार्टी (तारा चिन्ह) का उम्मेदवार कृष्ण बहादुर कुवँर । निर्वाचन मिति नजिकिँदै जाँदा कुवँरले गाउँ–गाउँ, टोल–टोल पुगेर जनताको आँखामा आँखा राखी कुरा गर्ने राजनीति अघि बढाएका छन् । ठूला भाषण होइन, सुनिने आवाज, देखिने उपस्थिती र महसुस हुने प्रतिबद्धतामार्फत उनले मतदातासँग सीधा संवादलाई प्राथमिकतामा राखेका छन् । “अब नेता टाढाबाट होइन, जनताकै आँगनबाट बन्नुपर्छ”— यही सोचका साथ कुवँरले रोजगारी, शिक्षा, स्वास्थ्य, सडक र युवाको भविष्यजस्ता मुद्दालाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

प्रकाशित : २१ माघ २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६