कपिलवस्तु, पचेहारा
कपिलवस्तु नगरपालिका–१०, पचेहारामा ‘प्रशंसा फार्मेसी औषधि पसल’ सञ्चालनमा आएको छ। २४ औँ घण्टा सेवा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालनमा आएको उक्त फार्मेसीले स्थानीयवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको सञ्चालकले जनाएका छन्।
प्रशंसा फार्मेसी औषधि पसलमा ओपीडी सेवा, फार्मेसी सेवा, ल्याब सेवा तथा नेबुलाइजर सेवा साथै आपतकालीन ९इमरजेन्सी० सेवा, सामान्य ९माइनर० अपरेशन सेवा, परिवार नियोजन सेवा तथा परामर्श, टी।टी। सुई तथा रेबिज भ्याक्सिन सेवा समेत उपलब्ध गराइएको छ। साथै, विभिन्न प्रकारका औषधि पाउनुका साथै आधुनिक मेसिनबाट रगत र पिसाब परीक्षणसमेत गरिने व्यवस्था गरिएको फार्मेसी सञ्चालक शिवसरन बढईले बताउनु भयो।
२१ माघ २०८२, मंगलबार








प्रतिक्रिया