ब्रेकिंग न्युज

यान्त्रिकीकरण र सिँचाइबाट कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव कनोडिया



कपिलवस्तु, २१ माघ

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार विरेन्द्र कुमार कनोडियाले कृषि क्षेत्रमा यान्त्रिकीकरण र सिँचाइको प्रभावकारी व्यवस्थापनमार्फत क्रान्तिकारी परिवर्तन सम्भव रहेको बताएका छन्।

सञ्चारकर्मीसँगको कुराकानीमा उम्मेदवार कनोडियाले २१औँ शताब्दीको आवश्यकता अनुसार कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्नु अपरिहार्य भएको उल्लेख गरे। उनले समयसापेक्ष यान्त्रिकीकरणले कृषकको श्रम घटाउने, उत्पादन वृद्धि गर्ने र लागत कम गर्ने बताए।

त्यसैगरी, सिँचाइलाई कृषकको जीवनसँग तुलना गर्दै नेकपा (एमाले)का तर्फबाट उम्मेद्वार बनेका कनोडियाले सिँचाइ मानिसको जीवनका लागि ब्लड (रगत) जत्तिकै महत्वपूर्ण रहेको धारणा राखे। पर्याप्त र भरपर्दो सिँचाइ व्यवस्था बिना कृषि विकास सम्भव नहुने उनको भनाइ थियो।

कृषकको जीवनस्तर उकास्न र कृषि क्षेत्रलाई दिगो तथा प्रतिस्पर्धी बनाउन आधुनिक प्रविधि, यान्त्रिकीकरण र सिँचाइमा राज्यको प्राथमिक लगानी आवश्यक रहेको उनले जोड दिए।

प्रकाशित : २२ माघ २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६