ब्रेकिंग न्युज

असी करोड आठ लाख राजस्व सङ्कलन



बागमती, २३ माघः हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा रु आठ करोड ८६ लाख १० हजारले बढी हो ।
यसैगरी, चालु आवको पहिलो छ महिनामा अन्तशुल्कतर्फ रु एक अर्ब ८८ कारेड ६४ लाख ८७ हजार, आयकरतर्फ रु ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करतर्फ रु २७ करोड ७३ लाख दुई हजार, ब्याजकरतर्फ रु तीन करोड ६९ लाख ४७ हजार र बहालकरतर्फ रु ८१ लाख २६ हजार राजस्व सङ्कलन उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित : २४ माघ २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६