ब्रेकिंग न्युज

प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसमा कपिलवस्तुमा आचारसंहिता कार्यशाला र रक्तदान



कपिलवस्तु, २४ माघ

प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको अवसरमा कपिलवस्तुमा निर्वाचन आचारसंहिता सम्बन्धी कार्यशाला तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, बाणगंगा शाखा सिद्धिपुरको प्राङ्गणमा सम्पन्न भएको हो ।
स्वास्थ्य प्रवद्र्धन तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी आयोजना गरिएको रक्तदान कार्यक्रममा ३१ प्वाइन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ ।


कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै निर्वाचन अवधिमा पत्रकारहरूले निष्पक्ष, तथ्यपरक र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले लोकतन्त्र सुदृढ बनाउन प्रेसको भूमिका अत्यन्त प्रभावकारी रहने बताउँदै प्रेस चौतारीले सञ्चालन गरेको रक्तदान कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा प्रशंसा गर्नुभयो ।


सो अवसरमा नगरप्रमुख अर्यालले विगतमा कपिलवस्तु जिल्लामा पत्रकारहरूको संख्या न्यून रहेको स्मरण गर्दै हाल जिल्ला भित्र पत्रकार उत्पादनको उर्वर भूमि बन्दै गएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा प्रेस चौतारी कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझीले प्रेस चौतारी नेपाल श्रमिक पत्रकारहरूको साझा संगठन भएको बताउँदै स्थापना दिवसका अवसरमा सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले निर्वाचनका समयमा पत्रकारहरूले आचारसंहिता पालना गर्दै सत्य र विश्वसनीय सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रेस चौतारी बाणगंगा नगर समितिका अध्यक्ष हरि आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पार्वती पाण्डे, लुम्बिनी प्रदेशका महासचिव हरि अधिकारी, समाजसेवी डोकलराम घिमिरे, युवा व्यवसायी रविन्द्र पौडेललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको समन्वय प्रेस चौतारी नेपाल बाणगंगा नगर समितिले गरेको थियो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी बाणगंगा शाखाले गरेको हो ।

प्रकाशित : २५ माघ २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६