खेलकुद

टी–२० विश्वकप क्रिकेटः आज नेपाल इङ्ल्यान्डसँग भिड्दै



काठमाडौँ, २५ माघ ः आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने उक्त खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपालको यो तेस्रो सहभगिता हो । यसअघिका दुई विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
नेपाल र इङ्ल्यान्ड पहिलोपटक भिड्दैछ्न । टी–२० वरियतामा नेपाल १६औँ स्थानमा रहँदा इङ्ग्ल्यान्ड तेस्रो स्थानमा छ । त्यस्तै इङ्ग्ल्यान्डले पछिल्लोपटक अमेरिकामा भएको विश्वकपको सेमिफाइनल खेलेको थियो भने यता नेपाल समूह चरणबाट बाहिरिएको थियो । प्रतियोगितामा समूह ‘सी’मा रहेको नेपालको समूहमा इङ्ल्यान्डसँगै वेष्टइन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन्

प्रकाशित : २६ माघ २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६