काठमाडौँ, २६ माघ
प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी अनुसन्धान प्रक्रिया र पत्रकारिता पेसासमेत प्रभावित भएको भनी चिन्ता व्यक्त गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारी एवं सञ्चारकर्मीहरूले यसतर्फ चिन्ता व्यक्त गर्दै सहयोग र सहकार्य हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । विद्युतीय अपराध न्यूनीकरण तथा सचेतना कार्यक्रममा सक्रिया अधिकारी तथा विज्ञहरूले आधुनिक सूचना प्रविधिको दुरपयोग गरी श्रव्यदृष्य सामगीसमेत तयार गरी सामाजिक सञ्जालमार्फत झुठा, काल्पनिक र असान्दर्भिक सूचना र समाचार सम्प्रेषण गरेर जनतालाई दिग्भ्रमित गर्नेहरूका विरुद्ध सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विद्युतीय अपराधसम्बन्धी अनुसन्धनान कार्य जटिल र चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा छुट्टै युनिट गठन गर्नुपर्ने अवस्थामा प्रहरी पुगेको उल्लेख गर्दै विद्युतीय अपराध न्यूनीकरण तथा रोकथामका पक्षमा सहयोग गर्न सञ्चारकर्मीसँग अनुरोध गर्नुभयो । नेपाल पत्रकार महासङ्घ अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा वितृष्णा फैलाउने तत्वका कारण सञ्चारकर्मी र अनुसन्धानमा संलग्न सुरक्षाकर्मी समेत अप्ठ्यारोमा परिरहेको विद्यमान अवस्थामा सहयोग र सहकार्यको विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो । विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईंले कार्यपत्र प्रस्तुत गर्दै गलत समाचारका कारण स्वयं मूलधारका आमसञ्चारकर्मीसमेत प्रभावित भएको दृष्टान्त पेस गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले पछिल्ला दिनमा विद्युतीय अपराधसम्क्न्धी घटना बढेसँगै अनुसन्धान प्रक्रिया थप जटिल बनेको भनी चिन्ता व्यक्त गर्नुभयो । सो अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारी र मूलधारसम्बद्ध आमसञ्चारमाध्यमका सम्पादक तथा समाचारदाता गरी करिब १०० जनाको सहभागिता थियो ।








प्रतिक्रिया