ब्रेकिंग न्युज

जनचेतना सामुदायिक विद्यालयमा सरस्वती मन्दिरको उद्घाटन



कपिलवस्तु २७ माघ

शिवराज नगरपालिका–८ लक्ष्मणपुरस्थित जनचेतना सामुदायिक माध्यमिक विद्यालय परिसरमा सरस्वतीको प्राण–प्रतिष्ठासहित नवनिर्मित मन्दिरको भव्य उद्घाटन सम्पन्न भएको छ। मन्दिरको उद्घाटन प्रतिनिधिसभा सदस्यका उम्मेदवार अभिषेक प्रताप शाहले गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार शाहले शिक्षा नै सभ्य, सक्षम र आत्मनिर्भर समाज निर्माणको आधार भएको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र ज्ञानलाई जीवनको मूल मन्त्र बनाउन आग्रह गर्दै शिक्षाको माध्यमबाट मात्रै राष्ट्रको दिगो विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

शाहले यस क्षेत्रका विद्यालयहरूमा गुणस्तरीय शिक्षा, भौतिक पूर्वाधार र खेलमैदानको आवश्यकता औंल्याउँदै आगामी दिनमा शिक्षा, युवा तथा खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

विद्यालयका प्रधानाध्यापक देवानन्द ठाकुरले विद्यालय परिसरमा ज्ञानकी देवी माता सरस्वतीको मन्दिर स्थापना हुनु शैक्षिक वातावरणका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो। साथै, मन्दिर निर्माणमा आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगीदाताप्रति आभार व्यक्त गर्नुभयो।

प्रकाशित : २८ माघ २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६