अन्तर्वार्ता

भोजपुरमा मतदाता शिक्षा कार्यक्रम



भोजपुर, २९ माघः जिल्ला निर्वाचन कार्यालयले मत बदर हुन नदिन आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
उक्त कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
मतदातालाई सही तरिकाले मतदान गर्ने विधि, निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा नागरिक कर्तव्यबारे जानकारी गराइने उक्त कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
मतदाता शिक्षा विशेष कार्यक्रमअन्तर्गत जिल्लाका ८१ वटै वडामा मतदाता स्वयंसेवक नियुक्त गरिएका छन् । प्रत्येक वडामा खटाइएका स्वयंसेवकले घरघरमा पुगेर मतदातालाई सिकाउने छन् । सार्वजनिकस्थल तथा सामुदायिक भवनमा समूहगत रूपमा पनि मतदानसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

प्रकाशित : ३० माघ २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६