ब्रेकिंग न्युज

समृद्ध कपिलवस्तुका लागि हातेमालो गरौँ कृष्णबहादुर कुँवर



कपिलवस्तु, २ फाल्गुण

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ कपिलवस्तुका नेकपाका उम्मेदवार कृष्ण बहादुर कुँवरले समृद्ध कपिलवस्तु निर्माणका लागि सबै पक्ष एकजुट हुन आह्वान गरेका छन्।
आफ्नो सामाजिक सञ्जाल मार्फत व्यक्त विचारमा उनले नेता आउने–जाने विषयमा अल्झिनु भन्दा जिल्लाको समग्र विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। “को आउँछन्, को जान्छन त्यसतर्फ ध्यान नदिऔँ, हाम्रो ध्यान कपिलवस्तु समृद्ध बनाउने तर्फ केन्द्रीत होस्,” उनले उल्लेख गरेका छन्।
कुँवरले कपिलवस्तुको विकास बाह्य अपेक्षा भन्दा पनि स्थानीय पहल, श्रम र प्रतिबद्धतामा निर्भर रहने स्पष्ट पार्दै “आफ्नो घर कसैले सफा गर्दैन—आफैँले गर्नुपर्छ” भन्ने सन्देश दिएका छन्। उनका अनुसार समृद्धि सम्भव छ, तर त्यसका लागि नागरिक, युवा र नेतृत्व बीच सहकार्य आवश्यक छ।
“समृद्ध कपिलवस्तु निर्माणका लागि हातेमालो गरौँ” भन्ने नारा सहित उनले विकास, सुशासन र आत्मनिर्भर समाज निर्माणमा साझा प्रयास अपरिहार्य रहेको धारणा राखेका छन्।
उनको उक्त अभिव्यक्तिले निर्वाचनको माहोल बीच विकासमुखी बहसलाई प्राथमिकता दिनुपर्ने संकेत दिएको विश्लेषकहरूले बताएका छन्।

प्रकाशित : २ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६