कपिलवस्तु, २ फाल्गुण
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ कपिलवस्तुका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वार मोहन आचार्यले परिवर्तनका लागि कपिलवस्तु एकजुट भएको बताएका छन्।

आफ्नो सामाजिक सञ्जाल मार्फत उनले पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहको उपस्थितिमा आजको दिन ऐतिहासिक बनेको उल्लेख गरेका छन्। कपिलवस्तुका विभिन्न स्थानमा आयोजित कार्यक्रम तथा भेटघाटमा दुवै नेताको सहभागिताले कार्यकर्ता तथा समर्थकमा उत्साह थपिएको जनाइएको छ।
“परिवर्तनका लागि कपिलवस्तु एकजुट” भन्ने सन्देश सहित आचार्यले प्राप्त साथ, समर्थन र उत्साहका लागि सबैप्रति हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्। उनले नागरिकको अपेक्षा परिवर्तन, सुशासन र उत्तरदायित्व पूर्ण नेतृत्व रहेको भन्दै त्यसलाई व्यवहारमा उतार्ने प्रतिबद्धता दोहो¥याएका छन्।
आजको उपस्थितिले निर्वाचन अभियानलाई थप ऊर्जा दिएको र क्षेत्र नं. १ मा रास्वपाको सक्रियता बढेको कार्यकर्ताहरूले बताएका छन्। जिल्लामा परिवर्तनमुखी बहस र नयाँ राजनीतिक संस्कारको आवश्यकता औंल्याउँदै अभियानलाई थप सशक्त बनाइने जनाइएको छ।








प्रतिक्रिया