ब्रेकिंग न्युज

‘हृदय चन्द्र स्मृति सम्मान’ प्रदान



काठमाडौँ, ५ फागुन

साहित्य सदन नेपालको स्थापना दिवस तथा हृदयचन्द्रसिंह प्रधानको १११औँ जन्मजयन्तीका अवसरमा यस वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ वरिष्ठ साहित्यकार राम विनयलाई प्रदान गरिएको छ । साढे छ दशक लामो साहित्य साधना गरी कविता, निवन्ध र कथा सृजना तथा साहित्य सन्ध्या संस्थामा नेतृत्व गर्दै साहित्यका माध्यमबाट समाज परिवर्तनमा पुर्याउनुभएको योगदानको कदर गर्दै सोमबार आयोजित कार्यक्रममा विनयलाई सम्मान गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, वरिष्ठ समालोचक प्रा डा दयाराम श्रेष्ठ, साहित्यकार कोशराज न्यौपाने, सदनका अध्यक्ष प्रा डा हेमनाथ पौडेल र पूर्वमन्त्री एवं साहित्यकार शान्ता मानवीले संयुक्त रूपमा सो सम्मान प्रदान गर्नुभएको हो । सम्मानका साथ रु ५० हजार राशि रहेको छ । कार्यक्रममा ‘साहित्य सदन’ प्राज्ञिक प्रकाशनको लोकार्पण पनि गरिएको थियो ।

प्रकाशित : ५ फाल्गुन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६