कपिलवस्तु, ५ फाल्गुण
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ कपिलवस्तुका नेकपा उम्मेद्वार कृष्ण बहादुर कुँवरले जनताको भरोसालाई आफ्नो काँधको जिम्मेवारीका रूपमा लिएको बताएका छन्।
मोटरसाईकल ¥यालि पश्चातको चुनावी कार्यक्रममा बोल्दै उनले आफू कुरामा होइन, काममा विश्वास गर्ने नेता भएको स्पष्ट पार्दै प्राप्त जिम्मेवारीलाई सफल नतिजामा बदल्ने अटल प्रतिबद्धता व्यक्त गरे। “साँचो नेतृत्व त्यो हो, जसले समस्या मात्र सुन्दैन, समाधानको बाटो पनि देखाउँछ,” उनले भने।

कुँवरले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर उकास्न ठोस योजना अघि सारेको जनाएका छन्। जनताको मुहारमा मुस्कान ल्याउने लक्ष्य सहित विकासको यात्रामा सँगै पाइला चाल्न उनले सबै मतदातालाई आग्रह गरेका छन्।
कपिलवस्तु–१ मा उनको अभियानलाई उत्साहजनक समर्थन मिलिरहेको समर्थकहरूको दाबी छ। निर्वाचन नजिकिँदै जाँदा कुँवरले घरदैलो तथा जनभेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्।








प्रतिक्रिया