ब्रेकिंग न्युज

“परिवर्तनको समय, विश्वासको नेतृत्व” अतहर कमाल मुसलमानको आह्वान



कपिलवस्तु ५ फाल्गुण

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ कपिलवस्तुका नेपाली कांग्रेसका उम्मेदवार अतहर कमाल मुसलमान ले अबको समय परिवर्तन र विश्वासको नेतृत्वको भएको बताएका छन्।
चुनावी भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले विकास, सुशासन र जनमुखी राजनीतिलाई सुदृढ बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरे। “जनताको भरोसा नै मेरो शक्ति हो। सही व्यक्ति र सही दिशाको छनोटले मात्र क्षेत्रको समग्र विकास सम्भव हुन्छ,” उनले भने।
मुसलमानले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। पारदर्शिता, उत्तरदायित्व र सहकार्यमा आधारित नेतृत्व मार्फत कपिलवस्तु–१ लाई समृद्ध बनाउने उनको भनाइ छ।
उनले मतदातालाई यसपटक सही निर्णय गर्दै परिवर्तनको यात्रामा साथ दिन आग्रह गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा क्षेत्रभर उनको चुनावी अभियान तीव्र बन्दै गएको छ।

प्रकाशित : ५ फाल्गुन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६