ब्रेकिंग न्युज

आशिष शर्माको घरदैलो अभियान तीव्र



कपिलवस्तु ५, फाल्गुण

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार आशिष शर्माले मायादेवी गाउँपालिका, बाणगंगा नगरपालिका लगायतका स्थानमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।
अभियान अन्तर्गत उनले स्थानीय दाजुभाइ तथा दिदीबहिनीसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन्। घर–घर पुगेर मतदाताका समस्या, सुझाव र अपेक्षा सुन्ने कार्य जारी रहेको उनका समर्थकहरूले बताएका छन्।


शर्माले जनताको विश्वास र सहभागिताबाट नै क्षेत्रको समग्र विकास सम्भव हुने उल्लेख गर्दै चुनाव चिन्ह ‘जीप’ मा मतदान गरी स्वतन्त्र आवाजलाई बलियो बनाउन आग्रह गरेका छन्।
यो घरदैलो अभियानले स्थानीय स्तरमा उत्साह र चासो बढाएको बताइएको छ।

प्रकाशित : ५ फाल्गुन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६