काठमाडौँ, १८ फागुनः देशका केही भू–भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्सु लाग्ने देखिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने यी प्रदेशका पहाडी क्षेत्रसहित बाँकी हिमाली भू–भागमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ । अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ । विभागका अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।
आज राति पनि तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने देखिएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ । रातिको समयमा समेत कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भाग र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ ।
१८ फाल्गुन २०८२, सोमबार








प्रतिक्रिया