ब्रेकिंग न्युज

झापामा मतदान सुरुः सात लाख १३ हजार बढी मतदाता सहभागी हुने अपेक्षा



बनियानी, २१ फागुन

यहाँ उत्साहका साथ मतदान सुरु भएको छ । मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईंले निर्धारित समयमा मतदान सुरु भएको राससलाई जानकारी दिनुभयो । झापाका पाँच वटा निर्वाचन क्षेत्रबाट ९० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा जिल्लाका सात लाख १३ हजार ५३७ जना मतदाताले मतदान गर्ने अपेक्षा छ । जिल्लामा तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार ८३ महिला र आठ जना अन्य मतदाता कायम छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा ५० हजार २२६ जना मतदाता र ४९ वटा मतदान केन्द्र थप भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल कायम छन् । निर्वाचन सम्पन्न गर्न ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ जना कर्मचारी परिचालन भएका छन् । –––

प्रकाशित : २१ फाल्गुन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६