कपिलवस्तु २१ फाल्गुण
कपिलवस्तुको तीन वटै निर्वाचन क्षेत्रमा उत्साहका साथ मतदान सुरु भएको छ । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्यका उम्मेद्वार विश्राम प्रसाद थारु चौधरीले बाणगंगा न.पा. वडा नं. ६ को लक्ष्मणघाट मा.वि.को केन्द्रबाट मतदान गर्नु भएको छ । त्यस क्षेत्रमा निकै उत्साहका साथ मतदान शुभारम्भ भएको संचारकर्मी थानेश्वर अधिकारीले जानकारी दिनु भयो ।








प्रतिक्रिया