कपिलवस्तु, २१ फाल्गुण
प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार मोहन आचार्यले निर्वाचन शान्तिपूर्ण र सभ्य वातावरणमा सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला प्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
आज सम्पन्न निर्वाचनमा क्षेत्र नं. १ अन्तर्गत रहेका सबै ७९ वटा मतदान केन्द्रहरूमा शान्त र भद्र वातावरणमा मतदान सम्पन्न भएको उल्लेख गर्दै आचार्यले यसलाई लोकतन्त्रको सुन्दर अभ्यासको रूपमा लिएका छन्। उनले मतदान प्रक्रियालाई सफल बनाउन भूमिका खेल्ने सम्पूर्ण आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, आम मतदाताहरू, निर्वाचन आयोगसँग सम्बन्धित कर्मचारीहरू, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधिहरू, पार्टी पंक्ति तथा शुभेच्छुकहरूलाई विशेष धन्यवाद दिएका छन्।

उम्मेदवार आचार्यले लोकतान्त्रिक प्रक्रियामा मतदाताहरूले देखाएको सचेतना र सहभागिताप्रति खुशी व्यक्त गर्दै अब मत परिणाम समयक्रममा आउने भएकाले त्यसलाई पनि शान्त र अनुशासित ढंगबाट स्वीकार गर्न सबैमा आग्रह गरेका छन्।
उनले निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण पक्षप्रति पुनः आभार व्यक्त गरेका छन्।








प्रतिक्रिया