देश

प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई



काठमाडौँ, २१ फागुन

प्रधानमन्त्री सुशीला कार्कीले उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई बधाई दिनु भएको छ । प्रधानमन्त्री कार्कीले आज निर्वाचनको मतदात सकिएलगत्तै सामाजिक सन्जाल (फेसबुक) मार्फत भन्नुभएको छ, “निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको बफादारिता, मेरो मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलता, राजनीतिक दल र उम्मेदवारहरूको सकारात्मक सहयोग, अन्तरराष्ट्रिय समुदायको साथ र समर्थन, सञ्चारमाध्यमका जिम्मेवार खबरदारीका लागि धन्यवाद ।” प्रधानमन्त्री कार्कीले आन्दोलनका सहिदहरू, घाइते योद्धाहरू तथा आन्दोलनकारी नवयुवाको त्याग, संयम, समझदारी र लोकतन्त्रप्रतिको समर्पणका लागि उच्च सम्मान व्यक्त गर्नुभएको छ । त्यसैगरी राष्ट्रपतिले निर्वाह गर्नुभएको अभिभावकीय भूमिकाका लागि प्रधानमन्त्री कार्कीले कृतज्ञता व्यक्त गर्नुभएको छ । –––

प्रकाशित : २१ फाल्गुन २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६