काठमाडौँ, २२ फागुन
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौँका नौवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता हासिल गरिरहनुभएको छ । आज दिउँसो १ः०० बजेसम्म प्राप्त नतिजाअनुसार काठमाडौँ–२ मा रास्वपाका सुनिल केसीले पाँच हजार ८९७ मत ल्याई अग्रता हासिल गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले दुई हजार २०६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तिदेवी पोखरेलले एक हजार ४६९ मत ल्याउनुभएको छ । यस्तै काठमाडौँ–३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे ६ हजार ५८४ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले चार हजार २२० मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका रमेश अर्यालले दुई हजार १९० मत ल्याउनुभएको छ । काठमाडौँ–४ मा रास्वपाकै पुकार बम ६ हजार २८४ मतका साथ अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका सचिन तिमिल्सिनाले एक हजार ९०७ र नेकपा (एमाले) का राजन भट्टराईले एक हजार ४७९ मत पाउनुभएको छ । काठमाडौँ–५ मा रास्वपाका सस्मित पोखरेल ११ हजार ४३३ मत ल्याई अग्रस्थानमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले तीन हजार ५५६ र एमालेका ईश्वर पोखरेलले एक हजार ९०८ मत ल्याउनुभएको छ । काठमाडौँ–६ मा रास्वपाका शिशिर खनालले १० हजार ६१५ मत प्राप्त गरी अग्रता हासिल गरिरहनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका सवुज कृष्ण बानियाँ क्षेत्रीले दुई हजार ७७५ र एमालेका अमनकुमार मास्केले एक हजार ६१२ मत पाउनुभएको छ । काठमाडौँ–७ मा रास्वपाका गणेश पराजुलीले १० हजार २७३ मत ल्याएर अग्रता कायम गरिराख्नुभएको छ । सो क्षेत्रमा एमालेका प्रकाश श्रेष्ठले एक हजार ६७२ र नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले एक हजार ३८९ मत ल्याउनुभएको छ । काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठले १४ हजार ७५१ मत ल्याउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले एक हजार ९९५ र कांग्रेसका सपना राजभण्डारीले एक हजार ६४५ मत प्राप्त गर्नुभएको छ । काठमाडौँ–९ मा डोलप्रसाद अर्यालले पाँच हजार ५५९ मत ल्याई अग्रता कायम गरिराख्नुभएको छ । सो क्षेत्रमा कांग्रेसका नानुमैयाँ बास्तोलाले एक हजार ११६ र एमालेका अजयक्रान्ति शाक्यले ९७० मत ल्याउनुभएको छ । काठमाडौँ–१० मा रास्वपाकै प्रदीप विष्टले आठ हजार ५०८ मत ल्याएर अग्रता कायम गरिराख्नुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका हिमाल कार्कीले २ हजार ५६ र एमालेका विनोद श्रेष्ठले एक हजार २२१ मत ल्याउनुभएको छ । काठमाडौँ क्षेत्र नं १ मा यसअघि रास्वपाकै रञ्जु न्यौपाने १५ हजार ४५५ मत ल्याई विजयी भइसक्नुभएको छ । –––








प्रतिक्रिया