ब्रेकिंग न्युज

झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता



भद्रपुर (झापा), २२ फागुन

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । निर्वाचन क्षेत्र नं ५ बाट राजस्वका उम्मेदवार बालेन्द्र शाहले पाँच हजार २५४ मतसहित अग्रता लिनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीले एक हजार ५७९ मत प्राप्त गर्नुभएको छ । यसैगरी क्षेत्र नं ४ मा शम्भुप्रसाद ढकालले एक हजार ७७५ मतसहित अग्रता लिनुभएको छ भने उहाँलाई नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ३०० मतसहित पछ्याउँदै हुनुहुन्छ । यसैगरी क्षेत्र नं ३ मा प्रकाश पाठकले दुई हजार २८१ मतसहित सुरुआती अग्रता लिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं सो पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन एक हजार ६१० मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । क्षेत्र नं २ मा इन्दिरा रानामगरले चार हजार ५८० मतसहित सुरुआती अग्रता लिनुभएको छ भने नेकपा (एमाले)का देवराज घिमिरे ७१६ मतसहित प्राप्त गर्नुभएको छ । यस्तै क्षेत्र नं १ मा निशा डाँगीले तीन हजार १७० मतसहित अग्रता लिनुभएको छ । उहाँलाई श्रम संस्कृति पार्टीका केबल राईले एक हजार ३२० मतसहित पछ्याउँदै हुनुहुन्छ ।

प्रकाशित : २२ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६