कपिलवस्तु २२ फाल्गुण
कपिलवस्तुका तीन निर्वाचन क्षेत्रमा फरक फरक राजनैतिक दलले अग्रता लिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कपिलवस्तुको क्षेत्र नं. १ मा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मोहन आचार्यले ले सुरुआती अग्रता लिएका छन् ।

रास्वपा उम्मेद्वार मोहन आचार्य घण्टीले १ हजार ४ सय ६७ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेस रुखले ७ सय ९४ मत, स्वतन्त्र जीप ७ सय २०, नेकपा (तारा) २ सय ५०, एमाले सूर्य १ सय ८१, जनमत हर्नले २ सय ५, जसपा छाताले १ सय २७, राप्रपा हलोले १ सय २९ प्राप्त गरेको छ । शुद्धोधन गाउँपालिका वडा नं. ३ र ४ को कूल ४ हजार ६ सय ८ मत गणना सम्पन्न भएको हो । वदर मत ६ सय २४ रहेको छ ।
निर्वाचन क्षेत्र नं २ मा नेकपाका उम्मेदवार वृजेश कुमार गुप्ता ताराले २ हजार ८ सय ७७ मतसहित अग्रता लिनुभएको छ ।

रास्वपाका उम्मेद्वार विक्रम सि थापा घण्टीले १ हजार ४ सय ५१, नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य रुखले १ हजार ४ सय ३, नेकपा एमालेका उम्मेद्वार दीर्घनारायण पाण्डेय सूर्यले ३ सय २६ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका अभिशेक प्रताव शाह नेपाली कांग्रेसले ५१०४मत सहित अग्रता लिनु भएको छ ।

त्यस्तै रास्वपाका प्रकाश रजौरिया घण्टीले ३ हजार ६ सय ५६ विरेन्द्र कनोडिया नेकपा (एमाले) का विरेन्द्र कुमार कनोडियाले ३ हजार ७ सय ७५ मत प्राप्त गर्नु भएको छ ।








प्रतिक्रिया