ब्रेकिंग न्युज

समानुपातिक मतगणना सुरु



काठमाडौँ, २२ फागुन

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरगतको सामानुपातिकतर्फको पनि मतगणना सुरु भएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले काठमाडौँ १ बाट समानुपातिकतर्फको मतगणना थालिएको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म समानुपातिकतर्फ १९ हजार ७२८ मतगणना हुँदा ११ हजार ५६२ मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको छ । यस्तै समानुपातिकतर्फ नेपाली कांग्रेसले ३ हजार ६६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७५२, नेकपा (एमाले) ले १ हजार १५२, श्रम स.स्कृति पार्टीले ४४१, नेपाली कम्युनिष्ट पार्टीले ३९२ मत ल्याएका छन् । यस्तै राष्ट्रिय परिवर्तन पार्टीले २७३ मत प्राप्त गरेका छन् भने अन्य विभिन्न दलले १०० भन्दा तल मत प्राप्त गरेका छन् ।

प्रकाशित : २२ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६