ब्रेकिंग न्युज

झापा–५ रास्वपाका शाह भारी मतले अगाडि



सुरुङ्गा (झापा), २३ फागुन

झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले अग्रता कायम राख्नुभएको छ । रास्वपा उम्मेदवार शाहले ३४ हजार ८६३ मत प्राप्त गर्दा नेकपा (एमाल)े अध्यक्षसमेत रहनुभएका ओलीले ९ हजार ६८ मत मात्र प्राप्त गर्नुभयो । अध्यक्ष ओलीभन्दा रास्वपाका वरिष्ठ नेता शाह २५ हजार ७९५ मतले अगाडि हुनुहुन्छ । यो निर्वाचन क्षेत्रमा ५२ हजार २०७ मत गणना भएको छ । झापा ५ मा कूल मतदातामध्ये ६५ दशमलव ११ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार यो निर्वाचन क्षेत्रमा एक लाख छ हजार ५६८ मत खसेको छ । आधा मत गणना हुँदा ओली २५ हजार मतले पछाडि पर्नुभएको हो ।

प्रकाशित : २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६