ब्रेकिंग न्युज

उत्तरी गोरखाका सवै मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो



गोरखा २३, फागुन

गोरखा क्षेत्र नम्बर १ अन्तर्गत उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका सबै मतपेटिका आज सदरमुकाम ल्याइएको छ । बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत बाँकी १४ वटा मतदान केन्द्रको मतपेटिका पनि सदरमुकाम ल्याई पुर्‍याइएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । चुमनुब्री गाउँपालिका वडा नं २ ल्हो, वडा नं ३ सिर्दिबास, वडा नं ४ प्रोक र वडा नं ५ विहीको मतपेटिका विहान ल्याइएको हो । भौगोलिक विकटताका कारण चुमनुब्रीका २३ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउनुपर्ने बाध्यता थियो । “हिजो नै ति मतपेटिका ल्याउने तयारी भए पनि मौसम खराबीका कारण सकिएको थिएन”, उहाँले भन्नुभयो, “आज बिहान मौसम खुलेसँगै सेनाको हेलिकप्टरले बाँकी रहेको सबै मतपेटिका सदरमुकाम ल्याएको हो ।” यसअघि शुक्रबार सेनाको हेलिकप्टरले नौ वटा मतदान केन्द्रको मतपेटिका ल्याएको थियो । गोरखा क्षेत्र नम्बर १ को मतपेटिका सङ्कलनको काम सम्पन्न भएसँगै आज नै मतगणना अगाडि बढाउने तयारी भएको उहाँले बताउनुभयो ।

प्रकाशित : २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६