ब्रेकिंग न्युज

जाजरकोटमा कांग्रेसका बुढा निर्वाचित



काँक्रेविहार (सुर्खेत), २३ फागुन

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा २० हजार १४२ मतसहित विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालका अनुसार उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतले १७ हजार ४०७ मत प्राप्त गर्नुभयो । यहाँ नेकपा (एमाले) का डम्बरबहादुर सिंहले १६ हजार ८८३, राष्ट्रिय स्वतन्त्र पार्टीका राघव कार्कीले दुई हजार ४७१ मत प्राप्त गर्नुभएको छ । कुल एक लाख छ हजार ९२ मतदाता रहेकामा यहाँ ६० हजार ५६७ मत खसेका थिए । यस क्षेत्रमा विभिन्न राजनीतिक दलका ११ जना प्रत्यासी हुनुहुन्थ्यो ।

प्रकाशित : २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६